Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

शिक्षक र प्रशिक्षकलाई काठमाडौं महानगरको चेतावनी - आफूलाई खटाएको शिक्षण संस्थामा मात्र काम गर्नू

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतमा सञ्चालित शिक्षण संस्थाहरू र अस्पताल तथा सोमा आबद्ध शिक्षक, प्रशिक्षक तथा कर्मचारीहरूमा स्वास्थ्य सेवा नियमित गर्न सचेत गराएको छ ।

महानगरले आज एक सार्वजनिक सूचना जारी गर्दै सो कुरा सचेत गराएको हो । साथै कानुन बमोजिम कार्य मात्र गर्न भनेको छ ।

शिक्षण संस्थाहरूमा आबद्ध अस्पतालहरूमा स्वास्थ्य सेवा प्राप्त गर्न जाँदा चिकित्सक तथा स्वास्थ्यकर्मीहरू एवं कर्मचारीहरू उपलब्ध नहुने गरेको, सो समयमा अन्यत्र काम गर्ने गरेको, शल्यक्रिया, सिटी स्क्यान, एमआरआई स्क्यान जस्ता सेवाहरूका लागि महिनौँसम्म कुर्नुपर्ने भनी सर्वसाधारणहरूको गुनासाहरू आएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

उक्त कानुनी व्यवस्था बमोजिम सर्वसाधारणहरूले अस्पतालहरूबाट सहज रूपमा स्वास्थ्य सेवा प्राप्त गर्न नसकेमा वा विद्यमान कानुनी व्यवस्थाको उल्लङ्घन भएको देखिएमा अनुगमन तथा नियमनको माध्यमबाट प्रचलित कानुनी व्यवस्था बमोजिम कारबाही गरिने महानगरको चेतावनी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077