Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सरकारको रवैयाले सदन नचल्ने कांग्रेसको निष्कर्ष

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारीको बैठकले सोमबार १ बजे बस्नेगरी दलको बैठक बस्ने निर्णय गरेको हो ।

कांग्रेसले सरकार गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न भएकोबारे संसदीय छानबिन समिति नबनाउनेतर्फ उद्धत भएको निष्कर्ष निकालेको छ ।

महामन्त्री गगन थापाले भने,‘जसरी भए पनि संसद पनि चल्न नदिने, छानबिन समिति पनि बनाउन नदिनेतर्फ सरकार उद्धत भएको हाम्रो निष्कर्ष छ ।’

यसबारेमा थप छलफल गर्न र संसदीय छानबिन समिति गठनको मागलाई सशक्त रुपमा प्रस्तुत गर्न संसदीय दलको बैठक बस्ने निर्णय भएको महामन्त्री थापाले बताए।

महामन्त्री थापाका अनुसार पदाधिकारी बैठकले सोमबार दिउँसो एक बजे संसदीय दलको बैठक बस्ने तय गरेको छ । उक्त बैठकबाट थप निर्णय हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077