Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

राजनीतिक अस्थीरताले विकास निर्माणमा असर देखियो : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक अस्थीरताले विकासका काम अघि बढ्न नसकेको दाबी गरेका छन्।

एमाले भौतिक पूर्वाधार तथा यातायात विभागले ललितपुरमा आयोजना गरेको कार्यशाला गोष्ठि उद्घाटन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले मुलुकका देखिएको पटक पटकको राजनीतिक अस्थीरताका कारण समग्र विकास निर्माणका काममा असर देखिएको बताए।

अध्यक्ष ओलीले पूर्वाधार प्रयोग गरेर उद्यमशीलताको विकास गरी त्यसबाट रोगजारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए ।

कनेक्टिभिटीका क्षेत्रमा ठूला ठूला सफलता हासिल गरेको भन्दै थप सफलता हासिल गर्नुपर्ने भन्दै अध्यक्ष ओलीले चार वटा मध्यपहाडी राजमार्गहरुको निर्माण कार्यलाई द्रूत गतिमा सम्पन्न गर्नुपर्ने धारणा राखे ।

उनले हरेक पालिकाका सदरमुकाममा पक्की बाटोले जोड्ने, स्वास्थ्यका साथै शैक्षिक क्षेत्रलाई पनि प्राथमिकतामा राखेपनि विभिन्न कारणले पूरा हुन नसकेको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077