Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कांग्रेसलाई केपी ओलीको प्रश्न - आफैले प्रधानमन्त्री प्रस्ताव गरेको मान्छे कसरी सहकारी ठग भयो ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले प्रधानमन्त्री बन्न गरेको प्रस्ताव अस्वीकार गरेपछि गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको आरोप लगाएको दाबी गरेका छन्।

काठमाडौं महानगरपालिका कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले सहकारी ठगीको आरोप लगाए पनि त्यसको खण्डन संसद्मा गर्नका लागि उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई नदिएकोमा आपत्ति जनाए ।

आफूले प्रधानमन्त्री बन्न गरेको प्रस्ताव नमान्दा उपप्रधानमन्त्री लामिछानेलाई कांग्रेसले सहकारी ठगको आरोप लगाइरहेको र संसद्मा अलोकतान्त्रिक गतिविधि देखाइरहेको अध्यक्ष ओलीको भनाइ छ।

उनले आफूले प्रधानमन्त्री बन्न गरेको प्रस्ताव नमान्दा उपप्रधानमन्त्री लामिछाने कसरी सहकारीको भ्रष्टाचारी भयो ? भनी प्रश्न समेत गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077