Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

उपेन्द्र यादव भन्छन् – अतृप्त आत्मा र स्वार्थी झुण्ड प्रयोग गरी पार्टी फुटाइयो

जनकपुरधाम । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष एवं उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले अतृप्त आत्मा र स्वार्थी झुण्ड प्रयोग गरी पार्टी फुटाइएको बताएका छन् ।

मधेशी स्वास्थ्यकर्मी फोरमको चौथो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उपप्रधानमन्त्री यादवले यस्तो बताएका हुन् ।

उनले अतृप्त आत्माहरूको हतास मानसिकता भएकाहरूलाई प्रयोग गरेर पार्टी फुटाइएको बताए ।

उपप्रधानमन्त्री यादवले २–४ जना लोभीपापीलाई पार्टीबाट फुटाउँदैमा युद्ध जिते जस्तो सोच्नु दिवास्वप्न मात्रै रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077