Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दाङमा दिनदहाडै दुईजना महिलाको हत्या, एकजना पक्राउ

दाङ । दाङमा शनिबार दिउँसो दुईजना महिलाको हत्या भएको छ । जिल्लाको घोराही उपमहानगरपालिका–१० पहेलपारमा दुई जना महिलाको हत्या भएको अवस्थामा शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बञ्चरो र कोदालो प्रहार गरी ५० वर्षीया जुतली बुढा र ४४ वर्षीया संगीता सुनारको हत्या गरिएको छ । उनीहरु कोठा भाडामा बस्दै आएका थिए ।

घरमा कोही नभएको मौका छोपी उनीहरूको हत्या भएको प्रहरीले जनाएको छ । उनीहरुको हत्या गरेको आरोपमा रोल्पाका ५८ वर्षीय टेकबहादुर घर्तीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

उनी पेसाले अटो चालक हुन् । हत्याको कारण खुलिनसकेको र घटनाको प्रहरीले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077