Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

चितवनमा विद्यार्थी लिन गएको बसमा आगजनी

चितवन। चितवनको भरतपुर महानगरपालिका २६ दद्रेनी नजिकै विद्यार्थी लिन गएको स्कुल बसमा आगजानी भएको छ।

स्मल हेभन स्कुल कल्याणपुरको बसमा अज्ञात समूहले आगजनी गरेको हो ।

स्मल हेभन बोर्डिङ स्कुलको स्वामित्वमा रहेको बागमति प्रदेश–०६–००१ क ००४५ नम्बरको बसमा अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

३ वटा मोटरसाइकलमा आगएका व्यक्तिहरुले बसमा आगजनी गरेर भागेका हुन् ।

स्कुल बस विद्यार्थी लिन जाँदै थियो । भरतपुर नगरपालिकाको दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077