Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

लुम्बिनीमा दुई प्रदेशसभा सदस्य राई नेतृत्वको जसपामा

बुटवल । जनता समाजवादी पार्टी नेपालका लुम्बिनीबाट निर्वाचित दुई प्रदेशसभा सदस्य अशोक राई नेतृत्वको नयाँ पार्टी जनता समाजवादीमा खुलेका छन् ।

बाँके निर्वाचन क्षेत्र नं. २ को (१) र (२) बाट निर्वाचित भण्डारीलाल अहिर र आदेशकुमार अग्रवाल जसपामा खुलेका हुन् ।

अहिर २ (१) बाट र अग्रवाल २ (२) बाट निर्वाचित हुन् । दुवै जनालाई आइतबार प्रदेश निर्वाचन कार्यालय दाङ पुगेर जसपामा प्रदेश गरेको सनाखत गरे ।

लुम्बिनीबाट जसपा नेपालका ३ प्रदेश सभा सदस्य थिए । बाँकेबाटै समानुपातिक तर्फ निर्वाचित अम्बिका काफ्लेले भने जसपा नेपालमै रहेको बताईन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077