Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एमाले पनि बाहिरियो मधेश सरकारबाट

जनकपुर । नेकपा एमालेका मन्त्रीहरूले पनि मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका छन्।

मधेस भवनस्थित रहेको मुख्यमन्त्री निवासमा पुगेर एमालेका चार जना मन्त्री र दुई राज्यमन्त्रीले राजीनामा बुझाएका हुन्।

एमाले संसदीय दलका नेता सरोजकुमार यादव भौतिक पूर्वाधार तथा विकास, राजकुमार लेखी गृह तथा सञ्चार, प्रमोद जयसवाल शिक्षा तथा संस्कृति र शत्रुधनप्रसाद सिंह स्वास्थ्य तथा जनसंख्या मन्त्री थिए।

त्यसैगरी केशव राय र शारदादेवी थापा राज्यमन्त्री थिए। जसपा संसदीय दलका नेता सरोजकुमार यादव नेतृत्वको सरकार ढालेर नयाँ सरकार गठनका लागि यसअघि आजै नेकपा माओवादी केन्द्रका मन्त्रीहरूले समेत राजीनामा बुझाएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077