Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

८० लाख लुटेको आरोपमा दुईजना पक्राउ

जनकपुरधाम । जनकपुरधामबाट ८० लाख रुपैयाँ लुटेको आरोपमा दुईजना पक्राउ परेका छन् । सहकारी कर्मचारीको साथबाट सो रकम लुटेको आरोपमा जनक महतो र श्रवण कापर पक्राउ परेका हुन् ।

पक्राउ परेकाहरूको साथबाट केही रकम समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

गत वैशाख ४ गते धनुषाको सबैला १२ रघुनाथपुरको शुभश्री वचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोलाई मोटरसाइकलमा आएका दुई जना हतियारधारीले जनकपुरधाम १९ मा पेस्तोल देखाएर ८० लाख लुटेका थिए।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077