Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कोशीका मुख्यमन्त्री कार्कीलाई एकीकृत समाजवादीले पनि विश्वासको मत दिने

विराटनगर । नेकपा एकीकृत समाजवादीले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत दिने भएका छन्।

एमाले र माओवादीका प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीलाई एकीकृत समाजवादीले विश्वासको मत दिने भएको हो।

कोशी प्रदेश नयाँ सरकार गठनको प्रक्रियामा सामेल नगराइएको भन्दै असन्तुष्ट रहेका एकीकृत समाजवादी संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री राजेन्द्र राईले मुख्यमन्त्री कार्कीलाई आफ्नो पार्टीले विश्वासको मत दिने बताए ।

उनले आफू काठमाडौंमा रहेकाले सभामा उपस्थित हुन नसके पनि दलको तर्फबाट विश्वासको मत दिने बताए । उनले भने आफू नआए पनि बहुमत पुग्ने भएकाले कामका कारण विश्वासको मत दिन आफू भने अनुपस्थित रहने बताए ।

यस्तै, जसपा नेपाले पनि मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने बताएका छ । प्रदेश सभा सदस्यमा एक सिट रहेको जनता समाजवादी नेपालकी निर्मला लिम्बुले आफू पार्टीको बफादार सिपाही भएकाले पार्टीको निर्देशन अनुसार विश्वासको मत दिने बताइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077