Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

मानवीय सहायताका लागि गाजामा नयाँ क्रसिङ खोल्ने इजरायलको घोषणा

एजेन्सी । इजरायली सेनाले युद्धप्रभावित गाजापट्टीमा मानवीय सहायता लैजानका लागि नयाँ क्रसिङ खोल्ने घोषणा गरेको छ।

सेनाले संयुक्त राज्य अमेरिकाको समन्वयमा इजरायल र उत्तरी गाजाबीचको पश्चिमी इरेज क्रसिङ खोल्ने घोषणा गरेको हो ।

नयाँ क्रसिङ इरेज क्रसिङको पश्चिममा समुन्द्रको किनारनजिक रहेको छ। इजरायली सेनाले गाजापट्टीको उत्तरमा सहायताका लागि मार्गहरू बढाउने प्रयासको रूपमा क्रसिङ निर्माण गरेको हो ।

उत्तरी गाजाको जबलिया क्षेत्रमा ठूलो मात्रामा कारबाही सुरु गरेको बताएको छ ।

यसले जबलियाबाट पश्चिमी गाजा सहरमा रहेको आश्रयस्थलमा सर्वसाधारणलाई खाली गर्न आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077