Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बेटिङ कम्पनी ‘वानएक्स बेट’ मा २ अर्ब १ करोडको कारोबार, सूर्यविनायकबाट अनिल पक्राउ

काठमाडौं । अनलाइन बेटिङ प्लेटफर्म वानएक्स बेटमा सट्टाबाजी गर्न रकम लगाउने र संकलन गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काभ्रे घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-२ बस्ने अनिल ढुंगानालाई पक्राउ गरेको हो।

उनीसँग विभिन्न व्यक्तिहरुका नाममा रहेका मोबाइल नम्बरबाट ११ वटा कनेक्ट आईपीएस, १५ वटा ईसेवा वालेटमा लिंक गरिएका ५६ वटा बैंकमा हालसम्म २ अर्ब १ करोड १८ लाख ४४ हजार रुपैयाँ कारोबार गरेको भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

बिनान्समार्फत २ वटा खाता प्रयोग गरेर विभिन्न २४३ प्रकारका क्रिप्टोकरेन्सीमा हालसम्म १ अर्ब ३४ करोड अर्ब रुपैयाँ कारोबार गरेको भेटिएको छ ।

उनले आफू जुवा ३६५ बेटिङ एपका सञ्चालक भएको भन्दै कारोबार गर्दै आएको पाइएको थियो।

उनले आफ्नो परिचय परिवर्तन गरी अनिल साहको नामबाट भारतीय आधार कार्ड, प्यान कार्ड, दिल्ली मेट्रो कार्ड,भारतीय एचडीएफसी बैंकको चेकबुक,एटीएम कार्डलगायत एयरटेल कम्पनीको सिमकार्ड समेत प्रयोग गरेको खुल्न आएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077