Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

टर्की पठाउने भन्दै १२४ जनाबाट ४ करोड ठगी, विनोद श्रेष्ठ प्रहरी फन्दामा

काठमाडौं । टर्की पठाउने भन्दै करोडौं रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कास्की पोखरा घर भई काठमाडौंको चाबहिल बस्ने ४२ वर्षीय विनोद श्रेष्ठलाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो।

श्रेष्ठले चुच्चेपाटी स्थित जमघट रेस्टुरेन्टमा पीडितहरूसँग भेटेर सुरुमा ५० हजार र भारतमा लगेर प्रतिव्यक्ति ३ लाख रुपैयाँ असुलेको अनुसन्धानबाट खुलेको छ । विनोदले टर्कीको युएन मिसन कार्यालयमा वर्क पर्मिटमा कामदार पठाउने भनेका थिए।

त्यहाँ गएर आकर्षक तलब पाइने भन्दै प्रलोभनमा परेर १२४ जना टर्की जान तयार भएका थिए। युएन मिसनको कार्यालयमा मासिक १४५० डलर कमाइ हुने भनेर विश्वासमा परी विनोदले विदेश जान तयार भएकाहरूलाई भेट्ने गरेका थिए।

भेटेर विनोदले सुरूमा पीडितबाट ५० हजार प्रतिव्यक्ति लिने गरेका थिए। विनोदले १२४ जनाबाट ४ करोड ३४ लाख रुपैयाँ उठाएको पाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

भारतमा भेट्ने एजेन्टले होटेलमा छाडेर सम्पर्कविहीन भएपछि पीडितहरू नेपाल फर्केका हुन् । श्रेष्ठ विरुद्ध वैदेशिक रोजगार विभागमा जाहेरी दर्ता भएको छ । ठगेको रकमले श्रेष्ठले चाबहिलमा सालो सुजन भुजेलको नाममा चाबहिलका साढे ३ करोडमा घर किनेको भेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077