Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कोरोनाबारे समाचार लेख्ने पत्रकार चार वर्षपछि रिहा हुँदै

एजेन्सी । चीनको बुहानमा कोरोना भाइरसबारे सुरुमा खबर दिने एक पत्रकार चार वर्षको हिरासतपछि रिहा हुँदैछिन् ।

पूर्ववकिलसमेत रहेकीचाङ चान कोरोनाका कारण बुहान लकडाउनले ठप्प बनेको खबर दिने चीनका केही स्वतन्त्र पत्रकारमध्ये एक थिइन् ।

चानलाई सन् २०२० को मेमा पक्राउ गरेर कयौँ महिनापछि चार वर्षको जेल सजाय सुनाइएको थियो । चाङको जेल सजाय सोमबार सकिँदैछ ।

सन् २०२० को फेब्रुअरीमा वुहानमा लकडाउन गरेपछि चाङ्गले शाङहाईबाट ४०० माइलको यात्रा पूरा गरेर बुहानमा भाइरसको प्रकोपको अवस्था र यसलाई नियन्त्रण गर्न भएका प्रयासबारे रिपोर्टिङ गर्न गएकी थिइन् ।

तीन महिनासम्म उनले बुहानको अवस्था र त्यहाँका बासिन्दाहरूको स्थितिबारे फोटो भिडियोहरू खिचेर आफ्नो वि च्याट, ट्विटर र युट्युबमा पोस्ट गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077