Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

निर्वाचन आयोगविरूद्ध सर्वोच्च पुगे उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगविरूद्ध रिट दायर गरेका छन् ।

जसपा नेपाल फुटेर बनेको दललाई आयोगले मान्यता दिएको भन्दै अध्यक्ष यादवले सर्वोच्च अदालत पुगेर आयोगविरूद्ध रिट दायर गरेका हुन्।

मुद्दाको पेसी मंगलबारका लागि तोकिएको छ । रिटमा अध्यक्ष यादवले जसपा नेपाल विभाजन गरी अशोक राईले जनता समाजवादी पार्टी बनाएको र त्यसलाई निर्वाचन आयोगले मान्यता दिएकोविरूद्ध रिट दायर गरेका छन्।

रिटमा आयोगसँगै जनता समाजवादी पार्टीमा समाहित भएका ७ जना सांसदहरूलाई पनि यादवले विपक्षी बनाएका छन् । वैशाख २३ गते अशोक राई पक्षले पार्टी विभाजन गरी जनता समाजवादी पार्टी गठन गरेका थिए।

फुटेको जसपामा सांसदहरू प्रदीप यादव, नवलकिशोर साह, वीरेन्द्र महतो, रञ्जु झा ठाकुर, हसिना खान र सुशीला श्रेष्ठ छन्। आयोगले भोलिपल्ट नै उक्त दललाई मान्यता दिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077