Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

२४ अंकले नेप्से बढ्दा ३ अर्ब ४० करोडको कारोबार

काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ।

नेप्से २४.३९ अंकले बढेर १९९८.८९ विन्दुमा अडिएको हो। अघिल्लो कारोबार दिन आइतबार नेप्से परिसूचक ८.२६ अंकले बढेर १९७४.५० विन्दुमा पुगेको थियो।

सो दिन ३ अर्ब १५ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। यसदिन ३२० स्क्रिप्सको ९५ लाख ४१ हजार १७ कित्ता सेयर ३ अर्ब ४० करोड ८६ लाख ८ हजार १५७ रुपैयाँमा खरिदबिक्री भए।

कारोबार रकम आइतबारको तुलनामा बढी हो। दोहोरो अंकले बढेको सेयर बजारमा चारवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

नारायणी डेभलपमेन्ट बैंक,समाज लघुवित्त वित्तीय संस्था,माण्डु हाइड्रोपावर र सृजनशील लघुवित्त वित्तीयको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

हिमालयन उर्जा विकास कम्पनीको सेयर ९.९८ प्रतिशतले बढ्यो। कारोबार रकमका आधारमा नेपाल रिइन्स्योरेन्स कम्पनी शीर्षस्थानमा रह्यो।

सो कम्पनीको ३० करोड मूल्य बराबरको सेयर कारोबार भयो। यसैगरी सीईडीबी हाइड्रोपावर डेभलपमेन्टको २८ करोडको सेयर कारोबार हुँदा कर्णाली डेभलपमेन्टको ९ करोड,पोखरा फाइनान्स र कुमारी बैंकको ६/६ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077