काठमाडौं । सभामुख देवराज घिमिरे र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच टेलिफोन संवाद भएको छ ।
सभामुखको सचिवालयका अनुसार घिमिरले सोमबार अपराह्न अध्यक्ष ओलीलाई टेलिफोन गरेका हुन् ।
सभामुखले संसद् अवरोध अन्त्य गर्न र भोलि नीति तथा कार्यक्रम प्रस्तुत गर्दा सौहार्दपूर्ण वातावारण बनाउन आग्रह गरेका छन् ।
अध्यक्ष ओलीले यस विषयमा सत्तापक्ष एउटा निष्कर्षमा पुग्ने जवाफ दिएको बताइएको छ ।