Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काठमाडौं महानगरका मेयर बालेन फ्रान्स प्रस्थान

काठमाडौं । विश्वप्रसिद्ध कान्स सिनेमा महोत्सवमा सहभागी हुन् काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) फ्रान्स प्रस्थान गरेका छन् ।

महानगर स्रोतका अनुसार उनी गएराति फ्रान्स उडेका हुन् । कान्सका मेयर डेभिड लिसनार्डको निम्तोमा फ्रान्स जान लागेका बालेनले महोत्सवमा तीन दिन बिताउनेछन् ।

कान्समा आयोजना हुने विविध कार्यक्रममा उनको सहभागिता रहनेछ। मेयर लिसनार्ड र महोत्सव निर्देशकसँग बालेनको भेटवार्ता तय भएको छ।

यसबाहेक महोत्सवको रेडकार्पेट र प्रिमियरमा पनि उनी सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077