Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

जीबी राईको पासपोर्ट रद्द गर्न प्रहरीले पठायो राहदानी विभागमा पत्र

काठमाडौं । सहकारीको अर्बौं रकम घोटालामा फरार रहेका जीबी राईको राहदानी (पासपोर्ट) रोक्का गर्न प्रहरीले राहदानी विभागमा पत्राचार गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीले राईको राहदानी रोक्का गर्नका लागि आइतबार पत्र लेखेर विभागमा पठाएको हो ।

प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन इन्टरपोलले ‘रेड नोटिस’ जारी गर्दा पनि जीबीलाई पक्राउ गर्न नसकिएपछि राहदानी नै रद्द गर्ने गृहकार्य थालिएको प्रहरी स्रोतले बतायो ।

राईविरूद्ध इन्टरपोलमार्फत् डिफ्युजन नोटिस जारी गरेको छ। यद्यपि उनी अझै पक्राउ पर्न सकेका छैनन्। राई सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष थिए। उनी ग्यालेक्सी फोरकेका सञ्चालक समेत थिए।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रहरीले जीबीसहित १९ जनालाई पक्राउ पुर्जी जारी गरेको थियो । तीमध्ये १५ जना फरार छन् ।

सूर्यदर्शनका पदाधिकारीले बचतकर्ताको १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ हिनामिना गरेको जाहेरीमा उल्लेख छ । उनीहरुलाई सहकारी ऐन अनुसार बिगो बराबरको जरिवाना र ८ देखि १० वर्ष कैद सजायको माग गरिएको छ ।

सूर्यदर्शनबाट जीबी राई समूहले नक्कली सेयर सदस्य र विभिन्न कम्पनी कडा गरेर पैसा निकालेर अपचलन गरेको प्रहरीले बुझाएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077