Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मौद्रिक नीतिको समन्वयका कारण अर्थतन्त्र सुध्रिएको सरकारको दाबी

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा वित्त र मौद्रिक नीतिको समन्वयकै कारण अर्थतन्त्र सुध्रेको दाबी गरिएको हो ।

उत्पादन, उत्पादकत्व वृद्धि , सेवा सरलीकरण, भ्रष्टाचार नियन्त्रणलगायतलाई नीति तथा कार्यक्रमले उच्च प्राथमिकतामा राखेको राष्ट्रपति पौडेलले बताए ।

चालू आर्थिक वर्ष ३ हजार हेक्टरमा सिंचाइ सुविधा विस्तार भएको, स्वास्थ्य सेवामा नागरिकको पहुँच वृद्धि गरिएको, श्रम स्वीकृति, राहदानीलगायतको सेवा झन्झटमुक्त भएको सरकारको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077