Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मोरङको रतुवामाइमा चल्यो गोली, लागूऔषध कारोबारी पक्राउ

मोरङ । प्रहरीले लागूऔषध कारोबारमा संलग्न व्यक्तिलाई पक्राउ गर्न गोली चलाएको छ।

मोरङ रतुवामाइ नगरपालिका-६ मा प्रहरीले गोली चलाएर लागूऔषध कारोबारी भारतीय नागरिक भागिरथ हरिजनलाई नियन्त्रणमा लिएको हो।

लागूऔषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालयको टोलीमाथि आक्रमण गर्न खोजेपछि दुई राउण्ड गोली चलाइएको प्रहरीले जनाएको छ ।

एक जना प्रहरी सहायक निरीक्षक पनि सामान्य घाइते भएका छन् । हरिजनलाई थप उपचारका लागि अस्पताल लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077