Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दुर्गम क्षेत्रमा भू-उपग्रहमा आधारित इन्टरेनट सेवा विस्तार गरिने

काठमाडौं । सरकारले दुर्गम र विकट स्थानमा भू-उपग्रहमा आधारित इन्टरनेट सेवा विस्तार गर्ने योजना बनाएको छ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो कुरा बताएका हुन् ।

योसँगै देशैभर उच्च गतिको ब्रोडब्यान्ड इन्टनेट सेवा विस्तारलाई पनि तीब्रता दिने प्रतिबद्धता व्यक्त गरिएको छ ।

रामचन्द्र पौडेलले भूउपग्रहमा आधारित इन्टरेनट सेवाको सुरुवात गरिने बताए ।

ब्रोडब्यान्ड इन्टरनेट विस्तार सेवालाई गुणस्तरीय, सर्वसुलभ र सुक्षितसमेत बनाइने उनले उल्लेख गरे ।

राष्ट्रपति पौडेलले आगामी वर्ष नेपालले आफ्नै भूउपग्रह स्थापना गर्ने कार्य अघि बढाउने पनि दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077