Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्राइम सहकारीका पीडितहरुसँग प्रहरीले माग्यो उजुरी

पोखरा । पोखराको प्राइम सहकारीमा पनि ठुलो रकम हिनामिना भएको भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय, कास्कीले एक सूचना जारी गर्दै सहकारीका सञ्चालक तथा पदाधिकारीले बचतकर्ताको बचत फिर्ता नगरी हिनामिना गरेको भन्दै जेठ २० गतेभित्र उजुरी दिन प्रहरीले आग्रह गरेको हो ।

सहकारी रजिस्ट्रारको कार्यालयले गरेको छानबिनपछि प्रहरीमा बुझाइएको रिपोर्टमा हिनामिना भएको औँल्याइएको छ।

सहकारीका २ हजार ३ सय बचतकर्ताको १ अर्ब ५७ करोड भन्दा बढी रकम हिनामिना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

यद्यपि विवरणहरू सार्वजनिक गरिएको छैन । छानबिनका क्रममा ५५ जनाभन्दा बढी दोषी देखिएका छन् ।

बचतकर्ताको बचत हिनामिना गरेको भन्दै प्रदेश सहकारी रजिष्टारको कार्यालय, गण्डकीले मंगलबारमात्रै प्रहरीलाई पत्र पठाएको थियो ।

पत्र आउनेबित्तिकै आफूहरुले अनुसन्धान प्रक्रिया अगाडि बढाइसकेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077