Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमालेले सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने

काठमाडौं । नेकपा एमालेले नेकपा एकीकृत समाजवादीबाट सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री बनेका दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने भएको छ ।

मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने तयारी भएको एमाले सुदूरपश्चिमले जनाएको छ। पार्टी केन्द्रले निर्देशन दिँदै सोडारीलाई विश्वासको मत दिन निर्देशन दिइसकेको छ ।

सोडारी वैशाख ६ गते एमाले र माओवादीसहितको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए।

उनले २१ र २२ वैशाखमा विश्वासको मत लिने तयारी गरेपनि एमालेले विश्वासको मत लिन अहिले नै नहतारिन आग्रह गरेपछि रोकिएको थियो ।

सोडारीले यही जेठ ३ गते प्रदेश सभाबाट विश्वासको मत लिन लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077