Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पाकिस्तानका सबै सरकारी उद्योगलाई निजीकरण गर्ने घोषणा

एजेन्सी । पाकिस्तानले सबै सरकारी कम्पनी निजीकरण गर्ने निर्णय गरेको छ ।

राजधानी इस्लामावादमा मंगलबार बसेको निजीकरण आयोगको बैठकमा प्रधानमन्त्री शाहबाज सरिफले रणनीतिक हिसाबले महत्वपूर्ण केही कम्पनी बाहेक सबै कम्पनी निजीकरण गर्ने घोषणा गरेका हुन् ।

प्रधानमन्त्री सरिफले व्यवसाय गर्ने सरकारको काम नभएको तर देशमा व्यापार र लगानीको राम्रो वातावरण दिन सरकार लाग्नुपर्ने बताए । प्रधानमन्त्री सरिफले निजीकरण आयोगलाई प्रक्रिया सरल बनाउन सबै मन्त्रीहरूलाई सहयोग गर्न अपिल गरे ।

पाकिस्तानको वित्त मन्त्रालयको डिसेम्बर २०२३ को रिपोर्टअनुसार पाकिस्तानमा ८८ वटा सरकारी कम्पनी छन् । पाकिस्तानले आर्थिक सङ्कट र अन्तर्राष्ट्रिय मौद्रिक कोष (आईएमएफ) को कडा सर्तको सामना गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077