Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एमालेले बोलायो संसदीय दलको बैठक

काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक बस्दैछ।

एमालेले दिउँसो १२:३० बजे नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होसे हलमा बस्नेगरी दलको बैठक बोलाएको हो ।

बैठकमा सरकारको नीति तथा कार्यक्रम र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।

मंगलबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलेले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नीति तथा कार्यक्रममा सहयोग गरेपनि बेलुका ६ बजे बसेको प्रतिनिधिसभा बैठकमा अवरोध गरेको थियो।

कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान हुनुपर्ने र त्यसका लागि संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077