Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पाकिस्तानले सरकारी लगानीका सबै उद्योग निजीकरण गर्ने

एजेन्सी । आर्थिक संकटबाट गुज्रिरहेको पाकिस्तानले सरकारी लगानीका सबै उद्योग तथा संस्थानहरू निजीकरण गर्ने निर्णय गरेको छ।

मंगलबार पाकिस्तानका प्रधानमन्त्री सेहबाज सरिफले सुरूमा नोक्सानमा रहेका कम्पनीहरू निजीकरणमा लैजाने बताएका हुन्।

यसमा नोक्सानमा रहेको पाकिस्तान अन्तर्राष्ट्रिय विमानस्थल समेत छ। एक दिनअघि मात्रै अन्तर्राष्ट्रिय मुद्रा कोषसँग दीर्घकालिन विस्तारित ऋण सुविधाको मागमा छलफल गरेको पाकिस्तानले यस्तो निर्णय गरेको हो।

नोक्सानमा रहेका संस्थाहरू निजीकरण सम्बन्धमा भएको बैठकमा प्रधानमन्त्री सरिफले यस्तो बताएका हुन्। सरकारले व्यवसाय गर्ने नभई व्यवसाय गर्ने वातावरण बनाउने भन्दै सरिफले सबै मन्त्रालयलाई यस दिशामा काम गर्न र निजीकरण समितिसँग सहकार्य गर्न निर्देशन दिएका छन्।

निजीकरणको प्रक्रिया पारदर्शी बनाउनुपर्नेमा जोड दिएका प्रधानमन्त्री सरिफले पाकिस्तान अन्तर्राष्ट्रिय विमानस्थलको निजीकरणको क्रममा हुने बोलकबोल लगायतका सबै प्रक्रिया टेलिभिजनबाट प्रसारित गर्न समेत निर्देशन दिएका छन्।

यो विमानस्थल निजीकरणको प्रक्रिया अन्तिम चरणमा पुगेको छ। यो विमानस्थल यसरी नोक्सानमा रहेको सरकारी संस्थाहरूमध्ये तेस्रो स्थानमा छ। हाल यो विमानस्थल मासिक ११ अर्ब ५० करोड पारू (पाकिस्तानी रूपैयाँ) नोक्सानमा छ।

विमानस्थलबाहेक अन्य संस्थानहरूको बोलकबोल लगायतका प्रक्रिया समेत टेलिभिजनबाट देखाइने बताइएको छ। निजीकरण सम्बन्धमा भएको बैठकमा सन् २०२४ देखि २०२९ सम्म गरिने निजीकरणको रोडम्याप समेत प्रस्तुत गरिएको द एक्सप्रस ट्रिब्युनले उल्लेख गरेको छ।

यसअघिको अन्तर्राष्ट्रिय मुद्रा कोष कार्यक्रमको कारण पाकिस्तानको आर्थिक अवस्थामा सामान्य सुधार आएको छ। गत मेमा ३८ प्रतिशतसम्म पुगेको मूल्य वृद्धि १७ प्रतिशतमा ओर्लिएको छ। अहिले पनि पाकिस्तान बजेटरी घाटासँग जुधिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077