Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

भिजिट भिसामा कुवेत लगेर महिला बेचबिखन गर्ने दुई जना पक्राउ

काठमाडौं । भिजिट भिसामा कुवेत पुर्‍याइ मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दैलेख नारायण नगरपालिका-९ घर भइ हाल काठमाडौंको तार्केश्वर नगरपालिका बस्ने राकेश सुनार र गोखरा पालुङटार नगरपालिका -६ का हाल बौद्ध पिपलबोट बस्ने आयुष विक रहेका छन् ।

उनीहरूलाई बौद्ध पिपलबोटबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

बेरोजगार महिलाहरूलाई दुबईमा रहेको कम्पनीमा आकर्षक तलबको प्रलोभनमा पारी भिटिज भिसामा दुबई लगी घरेलु काममा लगाइ शारीरिक तथा मानसिक यातना दिएको उनीहरूमाथि आरोप छ।

पीडितका आफन्तले उद्दारका लागि प्रहरीमा निवेदन दिएपछि घटना बाहिर आएको हो। नेपाल सरकारबाट घरेलु कामदारमा निषेधित गरेको क्षेत्रमा इजाजत बेगर आफ्नो नाम ढाटी ठूलो संख्यामा महिला पठाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

प्रहरीका अनुसार महिलाहरूलाई संयुक्त इमिरेट दुबईमा सेल्स रिप्रिजेन्टेटिभमा काम लगाउने भनी लगेर कुवेत पुर्‍याइ घरेलु कामदारको रुपमा काम लगाएको र शारीरिक तथा मानसिक यातना दिएको खुल्न आएको छ।

पीडितहरूले घरमा काम गर्न नसकेपछि स्वदेश फर्किन खोज्दा एजेन्टले बन्धक बनाएको १ लाख ५० हजार मागेको र बढी गरे त्यही मारी दिने धम्की दिएपछि पीडितले आफन्तलाई खबर गरेका थिए।

राकेश नेपालीले गोपाल सुनार र राकेश सुनारको नाममा जन्म मिति फरक राखी ठेगाना फरक बनाइ २ वटा नागरिकता लिएको भेटिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077