Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संसदमा कांग्रेसको दादागिरी चल्न नदिने केपी ओलीको चेतावनी

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदनमा नेपाली कांग्रेसको दादागिरी चल्न नदिने बताएका छन्।

पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । अध्यक्ष ओलीले राजनीतिक स्वार्थका लागि सदन अवरोध गर्नु न्यायोचित नहुने बताए।

कांग्रेसले एमालेका कारण संसद अवरोध गर्नुपरेको बताएको भन्दै अध्यक्ष ओलीले यसमा आफू चुप लागेर नबस्ने बताए।

अध्यक्ष ओलीले भने, 'प्रधानमन्त्रीले चलाऔं भनिरहनु भएको छ। गृहमन्त्री रवि लामिछानेले पनि चलाऔं भनिरहनु भएको छ। एमालेका कारण संसद अवरोध गर्नु परेको छ भनेर भनिएको छ। हामीले पनि चलाऔं भनिराखेका छौं । तर, कांग्रेसको दादागिरी चल्ने ठाउँ होइन संसद। विधि र नियमले चल्नुपर्छ। लोकतान्त्रिक तरिकाले चल्नुपर्छ। संसदमा सांसदले बोल्न नपाउने? '

ओलीले आरोप लागेपछि गृहमन्त्री लामिछानेले सदनमा बोल्न पाउनुपर्ने बताए । उनले गृहमन्त्रीमाथि आरोप लगाउँदै फैसला सुनाउने कांग्रेसका सांसदहरू न्यायाधीश नभएको प्रष्ट्याए ।

सहकारी ठगीमा मुछिएपछि उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धानका लागि संसदीय छानबिन समिति बनाउन माग गर्दै कांग्रेसले संसद अवरोध गर्दै आएको छ।

उसले संसदीय छानबिन समिति नबनेसम्म संसद चल्न नदिने अडान लिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077