Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

गिरीबन्धु जग्गाबारे एमाले अध्यक्ष ओली भन्छन् - कांग्रेसले कमिसन खाएर ७० बिघा बेचेको छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले गिरीबन्धु टीस्टेटको ७० बिघा जमिन कमिसन खाएर बेचेको आरोप लगाएका छन्।

संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै कांग्रेसले घरिघरि उठाउने प्रयास गरिरहेको यो विषयमा ७० बिघाको कुरा पनि समेट्न सुझाए ।

अध्यक्ष ओलीले भने,‘नेपाली कांग्रेसले एक पल्ट ५१ औं बिघा, एकपल्ट १९ बिघा कमिसन खाएर बिक्री गर्न दिएको छ जमिन, त्यही गिरिबन्धु टिस्टेटको। पछि अदालतले नियम बनाउनु, ऐन बनाउनु, ऐन बनाएर मात्रै यस्ता कामहरू अघि बढाउनु भनेपछि अदालतको आदेश बमोजिम ऐन बनाएका हौं। नियम बनाएका हौं। त्यसको कार्यान्वयन भएको छैन। त्यो नियममा विभिन्न शर्तहरू राखिएको छ। ती शर्तहरू पूरा भएर यो ठाउँको जग्गा यो ठाउँमा किन्ने, यो ठाउँमा सट्टापट्टा, यो ठाउँको जमिन बिक्ने, यो कित्ताको भनिएको पनि छैन। अदालतले अहिले पनि फैसला गर्दा हदभन्दा बढीको यो जग्गा दिन पाइँदैन भन्नुपर्‍यो नि! ’

उनले अदालतको आदेशपछि आफूले नियममात्रै बनाएको बताए । अध्यक्ष ओलीले फैसला गर्दा हदभन्दा बढीको यो जग्गा दिन पाइँदैन भन्नुपर्‍यो नि! भन्दै टिप्पणी गरे।

अदालतले हदभन्दा बढीको दिनचाहिँ मिल्छ तर यसको चाहिँ अपरिपक्वता देखियो भनेको उनको टिप्पणी थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077