Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईसीसीको टी–२० वरीयताता दीपेन्द्र शीर्ष १० मा

काठमाडौं । अलराउण्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को टी–२० अलराउण्डर वरीयतातातर्फ शीर्ष १० मा अटाएका छन् ।

आईसीसीले जारी गरेको नयाँ वरीयतातामा दीपेन्द्र टी–२० अलराउण्डरतर्फ १० औं स्थानमा छन् । उनले एक स्थान सुधार गरेका हुन् ।

टी–२० अलराउण्डरतर्फ श्रीलंकाका वानिन्दु हसरंगा शीर्षस्थानमा छन् । दीपेन्द्र भन्दा अघि इंग्ल्यान्डका मोईन अली ९ औं र लियाम लिभिङस्टोन ८ अ औं स्थानमा छन् ।

दीपेन्द्र शीर्ष १० मा अट्ने एसोसिएटको एक्लो अलराउण्डर हुन् । अलराण्डरतर्फ एसोसिएटबाट दीपेन्द्रपछि नामिबियाका जेराल्ड इरास्मस १३ औं स्थानमा छन् ।

टी२० को अलराउण्डरतर्फ कुशल मल्ल ३२ औं र गुलशन झा ६० औं स्थानमा यथावत छन् ।

रोहित पौडेल एक स्थान घट्दै ६५ औं स्थानमा र करण केसीले एक स्थान सुधार गर्दै ७४ औं छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077