Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ ।

उच्च अदालत पाटनका न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत काठमाडौंको फैसला उल्ट्याउँदै सन्दिपलाई सफाइ दिएको हो ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिर ढकालले बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गरेको थियो।

पुस २५ गते सोही इजलासले उनलाई ८ वर्ष कैद सजाय, तीन लाख रुपैयाँ जरिवाना र पीडितलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि आदेश गरेको थियो।

उक्त फैसला उल्टाउन माग गर्दै सन्दीपले उच्चमा पुनरावेदन गरेका थिए ।

बलात्कारको आरोप लगाएकी गौशाला २६ र सन्दीपका वकिलले मंगलबारदेखि बहस गरेका थिए ।

दुवैतर्फको बहस सुनेपछि न्यायाधीशद्वयले सन्दीपलाई सफाइ दिएका हुन् ।

२०८९ को भदौमा एक किशोरीले सन्दीपलाई बलात्कारको आरोप लगाएकी थिइन् ।

जिल्ला अदालत काठमाडौंले सन्दीपलाई ८ वर्षको कैदको फैसला सुनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077