Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

म निर्दोष छु भनिरहेँ, तर अपराधी करार गरिएको थियो : सन्दीप लामिछाने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले आफूलाई विगत साढे एक वर्षदेखि विभिन्न तवरले फसाएको बताएका छन् । उच्च अदालत पाटनले सफाइ दिएपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।

आफूले सुरुदेखि निर्दोष रहेको बताउँदै आए पनि विगत साढे १ वर्षदेखि विभिन्न तवरले फसाएको उनको भनाई छ ।

उनले संक्षिप्त प्रतिक्रिया दिँदै भने, 'सुरुदेखि म निर्दोष छु भनिरहेँ। साढे १ वर्षभन्दा माथि भयो, मलाई धेरै तरिकाले फसाइएको थियो। अपराधी करार गरिएको थियो। अन्त्यमा यहाँसम्म आइपुगेको छु ।'

यसअघि जिल्ला अदालत काठमाडौंको फैसलालाई पनि सम्मान गरेको र उच्च अदालत पाटनको फैसलालाई पनि सम्मान गर्ने उनको भनाई छ । साथै उनले समर्थकहरूप्रति आभार प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077