Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सर्वोच्चको आदेश - अशोक राईको पार्टी दर्ता यथास्थितिमा राख्नू

काठमाडौं । सर्वोच्च अदालतले उपेन्द्र यादवको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश विनोद भट्टराईको इजलासले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) लाई दल दर्ताको मान्यता दिने निर्वाचन आयोगको निर्णयलाई यथास्थितिमा राख्न आदेश दिएको हो ।

अदालतले जेठ ८ गते दुवै पक्षलाई छलफलमा बोलाएको छ । जसपा नेपालबाट ७ जना सांसदसहित विभाजित भएको समूहले अशोक राई नेतृत्वमा नयाँ पार्टी जसपा दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएका थिए ।

आयोगले २४ वैशाखमा उक्त दल दर्ता गर्ने निर्णय गरेको थियो । उपेन्द्र यादवले जसपा नेपालबाट विभाजित भएको समूहको दल दर्ता कानुन विपरीत भएको जिकिर गर्दै सर्वोच्चमा रिट दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077