Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काठमाडौंमा चोरी गरेको आरोपमा अनुष्का पक्राउ, सुनका गरगहना र मोतीको माला बरामद !

काठमाडौं । काठमाडौंमा चोरी गरेको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरको छ । पक्राउ पर्नेमा झापा बुद्धशान्ति गाउँपालिका-३ घर भइ सुकेधारा बस्दै आएकी २० वर्षीया अनुष्का मगर रहेकी छिन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार उनलाई मंगलबार पक्राउ गरिएको हो । उनीमाथि मंगलबार दिउँसो सुकेधारा आनन्दनगरस्थित एक घरमा चोरी गरेको आरोप छ ।

उनले सुनको साढे एक तोलाका दुइटा औंठी, एक तोला बराबरको ब्रासलेट, सिक्री, चुरा लगायत झन्डै आठ तोला बराबरको सुनका गरगहना चोरी गरेको प्रहरीले जनाएको छ ।

यस्तै उनको साथबाट एउटा हाते झोला, सुनको गहना राख्ने बट्टा, सुनजस्तै देखिने ११ ग्राम तौल भएको एउटा सिक्री, सुन जस्तै पहेँलो धातु २.५ ग्रामको दुई थान जुली र एउटा मोतीको माला बरामद गरिएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077