Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गुठीको जग्गामा नक्कली मोही खडा गरेर घुस लिने समूह भ्रष्टाचारी ठहर

काठमाडौं । विशेष अदालतले धनुषाको भरतपुरमा नेपाली सेनाका लागि खरिद गरिएको गुठीको जग्गामा नक्कली मोही खडा गरेर घुस लिएको अभियोग लागेकाहरूलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।

न्यायाधीशहरू खुशीप्रसाद थारू, तेजनारायण सिंह राई र रामबहादुर थापाको इजलासले उनीहरूलाई दोषी ठहर गरेको हो ।

अदालतले शत्रुधन जयसवाल र गायत्री जयसवाललाई नक्कली मोही खडा गर्ने बिचौलिया सुमनकान्त ठाकुरलाई ६३ लाख ३६ हजार ६६७ रुपैयाँ बिगो कायम गरी सजाय निर्धारणका लागि यही जेठ १३ गतेको पेसी तोकेको छ ।

यस्तै, कार्यालय प्रमुख राजबाबु पाण्डेलेलाई चार लाख ३० हजार चेकमार्फत लिएर मतियार बनेको भन्दै दुई लाख १५ हजार जरिवाना र पाँच महिना कैद हुने फैसला भएको छ ।

कार्यालयका सहायक प्रशासक मनोजकुमार आचार्यलाई एक वर्ष ६ महिना कैद र ६ लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077