Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

कञ्चनपुरमा सिकारी समूहले चयायो प्रहरीमाथि गोली, चित्तलको मासु बरामद

कैलाली । कञ्चनपुरमा सिकारी समूहले प्रहरीमाथि नै गोली चलाएको छ ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका-९ स्थित जानकी सामुदायिक वन क्षेत्रमा सादा पोसाकको प्रहरी टोलीमाथि एक राउण्ड गोली चलाइएको हो।

सिकारी समूहलाई नियन्त्रणमा लिनका लागि प्रदेश प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीमाथि जंगलमा लुकेर बसेका सिकारीहरुले गोली चलाएका थिए ।

प्रहरी स्रोतका अनुसार जंगलमा जंगली जनावरको सिकार गर्नेहरुले गोली चलाएका थिए ।

तर, गोली कसैलाई नलागेको प्रहरी स्रोतले बतायो।

प्रहरीले उनीहरूले सिकार गरेको मृगको ४ टाउको, १५६ केजी चित्तलको मासुसहित चक्कु लगायतका हतियार बरामद गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077