Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सूचना टाँसेर प्रतिनिधिसभाको बैठक ४ बजेसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक अपराह्न चार बजेका लागि सारिएको छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले बिहान ११ बजेलाई बोलाएको बैठक चार बजेलाई सारिएको हो ।

यसअघि सभामुख घिमिरे र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबिच टेलिफोन संवाद भएको थियो ।

उक्त संवादमा प्रधानमन्त्रीले कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले केही समय बैठक पर सार्न आग्रह गरेका थिए ।

सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछाने समेत जोडिएको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठन नगरे संसद् चल्न नदिने बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077