Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

सुदूरपश्चिम सरकारमा सहभागी हुन एमालेलाई माधव नेपालको आग्रह

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुन नेकपा एमालेलाई आग्रह गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा भएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले एमालेलाई सरकारमा सहभागी हुन आग्रह गरेका हुन् ।

उनले सुदूरपश्चिम प्रदेशमा आज मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत लिँदै छन् । उनले विश्वासको मत मात्रै दिने नभइ सरकारमा सहभागी हुन समेत एमालेलाई आग्रह गरे ।

अध्यक्ष नेपालले कोशी प्रदेशमा आफ्नो पार्टीले विश्वासको मत दिएको बताउँदै मधेस प्रदेशमा जनता समाजवादी पार्टी, नेपाललाई सहयोग गरिरहेको स्पष्ट पारे । आफ्नो पार्टी अहिलेको सरकारकै भलो चाहने पक्षमा रहेको पनि बताए ।

उनले मुलुक सञ्चालनको क्रममा सरकार सम्पूर्ण रुपमा जनताप्रति बफादार भएर जनसेवाको काममा जुटेर विकास निर्माणको काममा लाग्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077