Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अर्काले पठाएको आइफोन पचाउन अपहरणको नाटक गर्ने एक जना पक्राउ

काठमाडौं । कतार विमानस्थलबाट अर्काले पठाएको ७० ग्राम सुन र आइफोन पचाउन खोज्ने एक जना प्रहरीको खोरमा पुगेका छन् ।

अपहरणको नाटक गरेर अर्काले पठाएको ७० ग्राम सुन र आइफोन पचाउन खोज्ने इलामको लक्ष्मीपुर–८ घर भएका ३९ वर्षीय सूर्यबहादुर समाल मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

गोदावरीस्थित सेन्ट जेभियर्स स्कुल नजिकै हातखुट्टा बाँधेको अवस्थामा फेला परेका मगरले अपहरणको नाटक गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

बिहान पौने ५ बजेतिर बाहिरी कपडा नभएको र हातखुट्टा बाँधेको अवस्थामा उनलाई देखेर स्थानीयले खबर गरेपछि प्रहरीले घटनाबारे अनुसन्धान गरेको हो ।

जेठ १ मा बिहान कतारबाट सुन र आइफोन लिएर आएका मगर त्यसैदिन दिउँसो झापाको भद्रपुर गएका थिए।

त्यहाँ सुन र मोबाइल लुकाएर काठमाडौं फर्केपछि उनले अपहरणको नाटक गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

मगरले सुन लिएर आएको सुराक पाएपछि त्यसबारे अनुसन्धान गर्दा उनले अपहरणको नाटक गरेको खुलेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077