Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

संसदको सुरुवातमै कांग्रेसको नाराबाजी

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक सुरु हुनासाथ नाराबाजी गर्दै अवरोध गरेको छ ।

साँझ ६ बजे सभामुखले बैठक सुरु भएको घोषणा गर्नासाथ कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै बैठक अवरुद्ध गरेको हो ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गरेको छ।

संसदीय समिति गठन नभएसम्म सदन चल्न नदिने कांग्रेसले बताउँदै आएको छ।

सभामुख घिमिरेले बैठक सुरू गर्नेबित्तिकै कांग्रेस सांसदहरूले वेल घेराउ गरेका थिए।

उनीहरूले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै नाराबाजी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077