Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कांग्रेसका नेताको कुरा नपत्याउनुस्, अब समिति बन्दैन : मनिष झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले अब संसदीय छानबिन समिति नबन्ने टिप्पणी गरेका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

उनले कांग्रेसले आज संसद्मा अमर्यादित हर्कत गरेको भन्दै समिति नबन्ने बताए ।

साथै उनले पार्टी अध्यक्ष रवि लामिछानेको गल्ती भेटिए रास्वपाका सबै सांसदहरूले राजनीति छाडिदिने बताए ।

“उहाँले म मात्र राजनीति छाड्छु भन्नुभयो । म यहाँ उभिएर भन्छु उहाँको खोट भेटिए हामी सबै राजनीति छाड्छौँ । के कांग्रेसले हिम्मत राख्छ कि सभापतिको उसको श्रीमतीको, छोराको गल्ती देखिए राजनीति छोड्न सक्छन् ?,” उनले प्रश्न गरे ।

आजको संसद् बैठकमा भएको घटनाको विवरण कांग्रेसका नेताहरूले भनेकै भरमा पत्याउन नहुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077