Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ओलीमाथि दुर्व्यवहार भयो, कांग्रेसले अधिनायकवादी चरित्र देखायो : एमाले

काठमाडौं । सत्तारूढ दल नेकपा एमालेले आफ्ना संसदीय दलका नेतामाथि अपमानजनक व्यवहार भएको टिप्पणी गरेको छ । प्रमुख प्रतिपक्षी दलले केपी शर्मा ओलीमाथि अपमानजनक व्यवहार देखाएको भन्दै एमालेले आपत्ति जनाउँदै भर्त्सना गरेको हो ।

प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले घोर अलोकतान्त्रिक व्यवहार र अधिनायकवादी चरित्र देखाएको बताए ।

उनले प्रतिपक्षी दलका सांसदले सरकारको रोमा आएर अवरोध गर्ने र उपसभामुखको कुर्सीमा बस्नेजस्ता असंसदीय, गैरराजनीतिक व्यवहार गरेको आरोप लगाए ।

उनले भने, ' प्रतिपक्षी दलका सांसदले संसदीय दलका नेतामाथि अपमानजनक व्यवहार गर्नुभयो। अभिव्यक्ति प्रहशन गर्नुभयो । घोर अलोकतान्त्रिक व्यवहार गर्नुभयो। अधिनायकवादी चरित्र देखाउनुभयो। एमाले यसको घोर भर्त्सना गर्दछ ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077