Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित

काठमाडौं । नेपाली कांग्रेसले आज पनि राष्ट्रियसभाको बैठकमा अवरोध गरेको छ।

कांग्रेसले विरोध जनाएपछि कार्यसूचीमा प्रवेश नगरी बैठक आइतबार अपरान्ह १ बजेर १५ मिनेटका लागि स्थगित भएको हो।

बैठक सुरू हुनेवित्तिकै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रसका सांसद सिटबाट उठेर विरोध जनाएका थिए।

सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री लामिछानेमाथि अनुसन्धान गर्न संसदीय छानबिन समितिको माग गर्दै कांग्रेसले संघीय सदनका दुवै बैठक अवरोध जनाउँदै आएको छ।

राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले सदनको कामकारवाही अघि बढाउन सहयोग गर्न आग्रह गरेका थिए।

तर आफ्नो अडानबाट कांग्रेस पछि नहटेपछि बैठक स्थगित भएको जानकारी गराएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077