Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

राष्ट्रपति पुटिन भन्छन् - रुसी र चिनियाँ सदाका लागि दाजुभाइ हुन्

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी र चिनियाँ सदाका लागि दाजुभाइ भएको बताएका छन् ।

आफ्नो दुई दिने चीन भ्रमणको समापन दिनमा दुई देशबीचको सम्बन्धको उच्च प्रशंसा गर्दै रुसी र चिनियाँबीच ‘सदाका लागि भाइचारा’ रहेको बताएका हुन् ।

दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७५औँ वर्षगाँठ र अन्तर–सांस्कृतिक वर्ष प्रारम्भका अवसरमा आयोजित समारोहमा पुटिनले दुई देशबीच सौहार्दपूर्ण सम्बन्ध जारी रहने विश्वास व्यक्त गरे।

उनले रुस–चीन साझेदारीको भ्रातृभावलाई बढावा दिने विश्वास व्यक्त गरेका छन्। राष्ट्रपति पुटिन आफ्नो चीनको राजकीय भ्रमणका क्रममा शुक्रबार हार्बिन आइपुगेका हुन् ।

रूसी राष्ट्रपतिले हार्बिनमा आठौँ रूसी–चिनियाँ प्रदर्शनी र अन्तरक्षेत्रीय सहकार्यको चौथो रूस–चीन फोरमको उद्घाटन गरे।

रूसी राष्ट्रपतिले चीनको उत्तरपूर्वी हेइलोंगजियाङ प्रान्तको राजधानी पनि भ्रमण गर्ने अपेक्षा गरिएको छ । त्यहाँ उनले व्यापार र सहयोग फोरममा भाग लिनेछन् ।

चीन र रुसबीचको सीमा तनावले ऐतिहासिकरूपमा ग्रस्त यस क्षेत्रले हालैका वर्षहरूमा कनेक्टिभिटी बढेको देखेको छ, जसले दुई छिमेकीबीच घनिष्ठ आर्थिक र सांस्कृतिक सम्बन्धलाई बढावा दिएको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077