Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संसद बैठक बस्दै नबसी स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक आउँदो जेठ ६ गतेलाई सारिएको छ ।

आज बिहान ११ बजे बस्ने गरी बोलाएको बैठक बस्दै नबसी आइतबार बिहान ११ बजेसम्मको लागि स्थगित गरिएको हो ।

प्रतिनिधिसभाको अर्को बैठक २०८१ जेठ ६ गते आइतबार बिहान ११ बजे बस्नेछ ।

हिजो बसेको बैठकमा कांग्रेस र एमालेका सांसदहरूबिच धकेलाधकेल भएपछि आज ११ बजेका लागि बैठक बोलाइएको थियो।

दलहरूबीच सहमति हुन नसकेपछि २ बजेसम्मका लागि बैठक स्थगित गरिएको थियो ।

तर, दलहरुबीच कुरा नमिल्दा बैठक बस्न सकेन। कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको अडानबाट पछि नहट्ने बटमलाइन बनाएको छ ।

संसदीय छानबिन समितिको माग गर्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद् बैठक अवरुद्ध गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077