Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चिप्स खाने च्यालेन्जमा एक किशोरको मृत्यु

एजेन्सी । अमेरिकामा पिरो चिप खाने च्यालेञ्जमा एक १४ वर्षिय किशोरको मृत्यु भएको छ ।

च्यालेञ्जका क्रममा १४ वर्षिय किशोर ह्यारिस वोलोभाको मृत्यु भएको हो ।

किशोरले खाएको चिप्समा मसला निकै धेरै थियो भने खुर्सानी पनि धेरै नै थियो । किशोरको पोष्टमर्टम रिपोर्टका अनुसार चिप्समा उच्च मात्रामा खुर्सानी थियो ।

किशोर जन्मजात नै मुटुसम्बन्धी रोगले पीडित थिए।

उनी अमेरिकाको म्यासाचुसेट्समा बस्थे । किशोरको मृत्यु सन् २०२३ को सेप्टेम्बरमा भएको हो ।

उनले पाकुई चिप्स खाएका थिए । चिप्स निर्माता कम्पनीले वन चिप च्यालेन्ज सुरु गरेको थियो । यसमा ह्यारिस पनि सहभागी भएका थिए ।

पोष्टमर्टमका अनुसार ह्यारिसको मृत्यु क्याप्साइसिन कन्सन्ट्रेशन धेरै भएको खानेकुरा खाएपछि कार्डियोपल्मनरी अरेष्टका कारण भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077