Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

कांग्रेसकै कारण संसदीय छानबिन समिति बन्न सकेन : मनिष झा

काठमाडौं । रष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले कांग्रेसको एकपक्षीय अडानका कारण छानबिन समिति बन्न नसकेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको बैठक आइतबारसम्म स्थगितपछि संसद भवन बाहिर बोल्दै नेता झाले यस्तो दाबी गरेका हुन् ।

नेता झाले संसदीय समिति गठनका लागि टिओआरमा सहमति जुटिसकेको अवस्था कांग्रेसले एकपक्षीयरूपमा विभिन्न सर्तहरू थपेर पठाएको आरोप लगाए।

उनले आफूहरूले सदनमा जवाफ दिन पाउनुपर्ने र सबै समस्याको एकमुष्ट समाधान खोज्नुपर्ने मात्रै रास्वपाको अडान रहेको बताए।

समिति गठनका लागि टिओआरमा आफ्ना नेताहरूसमेत सहभागी भएको अवस्थामा रास्वपा संसदीय समितिका लागि तयार छैन भनेर भन्न नमिल्ने नेता झाको भनाइ छ।

झाले विगतको ३४ वर्षमा कांग्रेसले के-के गर्‍यो भन्ने सबै जानकारी रहेको भन्दै रास्वपामाथि लागेको दाग राजनीतिक विषय नभएको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077