Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

रातो मच्छिन्द्रनाथको मर्मत सुरु

काठमाडौं । ललितपुरको रातो मच्छिन्द्रनाथको मर्मत सुरु गरिएको छ । मच्छिन्द्रनाथको रथ जात्रा चलिरहेका बेला निकै ढल्किएकाले केही दिन रथ तान्ने क्रमलाई रोकेर मर्मत कार्य सुरु गरिएको हो ।

रथ तान्ने क्रममा चक्काको माथि हुने मलाखे भाँचिएका कारण तान्न समस्या भएको थियो। त्यसपछि ललितपुर गुठी संस्थानले सूचना जारी गरी मर्मत कार्य गर्नुपर्ने भन्दै केही दिन रथजात्रा स्थगित हुने जनाएको थियो।

रथको पूर्णरुपमा मर्मत भएपछि पुन तान्न सुरु गरिने र लगनखेल पुराइने स्थानीयले बताएका छन् ।

मच्छिन्द्रनाथको रथयात्रा वैशाख शुक्ल प्रतिपदामा सुरु भएर आषाढ शुक्ल चतुर्थीसम्म चल्छ। रातोमच्छिन्द्रनाथ जात्रालाई पाटनको सबैभन्दा महत्वपूर्ण तथा उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा लिइन्छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077